कसैका लागि यो सामान्य ढुवानी मात्र हुन सक्छ, तर एउटा भैंसीका लागि यो जीवनकै सबैभन्दा कठिन यात्रा हुन सक्छ । घाउ र चोट बोकेर लामो दूरीसम्म हिँड्न बाध्य, भारी वर्षामा निरन्तर भिज्नुपर्ने, हिलो र सडक जामका कारण एक दिनसम्म सडकमै अलपत्र बस्नुपर्ने अवस्था… यो पीडा शब्दमा बयान गर्न सजिलो छैन ।
लगातारको वर्षा र सडक जामका कारण ढुवानीमा रहेका भैंसीहरू एक दिनसम्म सडकमै अलपत्र पर्न बाध्य भएका छन् । गन्तव्यमा पुग्न नसक्दा घाउचोट बोकेका भैंसीहरू वर्षाको पानीमा निरन्तर भिज्नुपरेको देखिएको छ । लामो समयसम्म सडकमै रोकिँदा उनीहरूले पर्याप्त आराम, खाना, पानी तथा उपचारसमेत पाउन सकेका छैनन् ।
बोल्न नसक्ने भएकाले उनीहरूको दुःख सुनिँदैन, तर प्रत्येक पाइला उनीहरूका लागि असह्य संघर्ष बनिरहेको हुन्छ । यातायातका क्रममा पर्याप्त आराम, खाना, पानी र उपचारको व्यवस्था नहुँदा यस्ता निरीह जीवहरूले अनावश्यक दुःख भोगिरहेका छन् । उनीहरू पनि पीडा महसुस गर्छन्, थकाइ लाग्छ, डराउँछन् र बाँच्न चाहन्छन् ।
हामीले पशुलाई केवल वस्तु वा सामानका रूपमा होइन, संवेदनशील जीवका रूपमा हेर्न सिक्नुपर्छ । सुरक्षित, मानवीय र पीडारहित ढुवानी सुनिश्चित गर्नु सम्बन्धित निकाय, व्यवसायी र हामी सबैको साझा दायित्व हो । बोल्न नसक्ने यी जीवहरूको आवाज बनौं । करुणा देखाऔं, क्रूरता होइन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


