Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पेशागततर्फ कांग्रेस केन्द्रीय सदस्यमा लोकदोहोरी गायक प्रकाश कटुवालको उम्मेदवारी


ग्लोबल पाना
मंगलबार, असोज २० २०८३
  • 188
    SHARES

  • images
    पेशागततर्फ कांग्रेस केन्द्रीय सदस्यमा लोकदोहोरी गायक प्रकाश कटुवालको उम्मेदवारी

    काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। कटुवालले मंगलबार राष्ट्रिय सभा पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। उनले कांग्रेसको संगठनलाई थप सुदृढ र चलायमान बनाउन, युवाको सहभागिता बढाउन तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए।

    images
    images
    images

    “केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने जिम्मेवारी पनि हो,” कटुवालले भने। कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए।

    उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ