Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भारतको जनसम्पर्कबाट कांग्रेस केन्द्रसम्म, पाण्डेको सफल राजनीतिक छलाङ


ग्लोबल पाना
बुधबार, असोज २८ २०८३
  • 52
    SHARES

  • images
    भारतको जनसम्पर्कबाट कांग्रेस केन्द्रसम्म, पाण्डेको सफल राजनीतिक छलाङ

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पाण्डेले ३ हजार ८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। भारतमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय पाण्डेको विजयलाई प्रवासी नेपालीको राजनीतिक सहभागिता र प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रामा सक्रिय पाण्डेले प्रवासी नेपालीको हकहितका विषय उठाउँदै संगठनलाई बलियो बनाउन भूमिका खेल्दै आएका छन्।

    images
    images
    images

    भारतमा रहेका नेपालीबीच पार्टीको सम्पर्क विस्तार गर्नुका साथै उनीहरूका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने काममा समेत उनको सक्रियता रहँदै आएको छ। राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय पाण्डेले महिला तथा बालबालिकाको उद्धार, राहत तथा उपचार, आपत्कालीन अवस्थामा सहयोग र समन्वय लगायतका मानवीय कार्यमा योगदान पुर्‍याउँदै आएको जनाइएको छ। कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पाण्डेमाथि प्रवासमा रहेका नेपालीका समस्या पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउने र जनसम्पर्क समितिको संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी थपिएको छ।

    पाण्डेको विजयसँगै भारतमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूमा उत्साह देखिएको छ। उनका समर्थकहरूले लामो समयको राजनीतिक तथा सामाजिक सक्रियताको परिणामस्वरूप यो सफलता प्राप्त भएको बताएका छन्। ३ हजार ८२७ मतसहितको यो विजयले पाण्डेको राजनीतिक यात्रालाई नयाँ उचाइ दिएको छ। प्रवासी नेपालीको आवाजलाई कांग्रेसको केन्द्रीय तहसम्म पुर्‍याउन उनको आगामी भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ