काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र थप सशक्त बनाउने उद्देश्यका साथ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले मिति २०८२ माघ १ गते बिहीबारदेखि लागू हुनेगरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो ।
बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत मिति २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ पहिचान लागू गरिएको बैंकले जनाएको छ ।
परिवर्तित लोगोले गरिमा विकास बैंकको आधुनिकता, सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास बैंकले लिएको छ । यस अवसरमा बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


