Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आफ्नै गाउँ गुमाउँदाको पीडा संगीतमा उतार्दै प्रचण्ड


ग्लोबल पाना
शनिबार, असोज २४ २०८३
  • 99
    SHARES

  • images
    आफ्नै गाउँ गुमाउँदाको पीडा संगीतमा उतार्दै प्रचण्ड

    काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले उजाडिएका बस्ती, बिछोडिएका आफन्त र गुमेको गाउँको पीडालाई समेटेर तयार पारिएको गीत ‘खै कहाँ छ मेरो गाउँ’ सार्वजनिक भएको छ । बाढीबाट आफ्नै घर गुमाएका गायक प्रचण्ड बाबु राईको स्वर तथा अभिनय रहेको गीतले यतिबेला प्राकृतिक विपत्तिले निम्त्याएको मानवीय पीडा र विस्थापनको कथा संगीतमार्फत प्रस्तुत गरेको छ । भदौ १० गते रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

    images
    images
    images

    बाढीले भौतिक संरचना मात्र ध्वस्त पारेन, वर्षौंदेखि बसोबास गर्दै आएका मानिसका घर, गाउँ र सम्झनासमेत उजाडिदियो । त्यही पीडा, छटपटी र आफ्नो थातथलो गुमाउनुपर्दाको वेदनालाई गीतले मार्मिक रूपमा चित्रण गरेको छ । देवीघाटका गायक प्रचण्ड बाबु राईले आफ्नै जीवनमा भोगेको बाढीको पीडालाई गीतमार्फत अभिव्यक्त गरेका छन् । गीतकार उमेश लम्सालको शब्द रचना, हरि लम्सालको संगीत तथा दीक्षित पौडेलको एरेन्ज रहेको गीतमा बाढीले बगाएका बस्ती र विस्थापित मानिसका अधुरा सपना समेटिएका छन् ।

    गीतको भिडियोमा बाढीपीडित गायक प्रचण्ड बाबु राई र पवित्रा आचार्यले अभिनय गरेका छन् । बाढी प्रभावित क्षेत्रमै छायांकन गरिएको भिडियोले उजाडिएका बस्ती र आफ्नो गाउँ खोजिरहेको पीडित मनको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । शिवन पोखरेलको निर्देशनमा बनेको भिडियोमा सुदीप मैनालीको सिनेमाटोग्राफी र निरञ्जन केसीको सम्पादन रहेको छ । टुभेलनोट नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले प्राकृतिक विपत्तिपछि प्रभावित समुदायले भोग्नुपरेको पीडालाई सांगीतिक अभिव्यक्ति दिएको छ ।

    ‘खै कहाँ छ मेरो गाउँ’ केवल एउटा गीत मात्र नभई बाढीले आफ्नो घर, गाउँ र विगतका सम्झना गुमाएका मानिसको सामूहिक वेदनाको अभिव्यक्ति बनेको छ । आफ्नै घर गुमाएका गायकले आफ्नै पीडालाई स्वर र अभिनयमार्फत प्रस्तुत गरेकाले गीतले बाढी प्रभावितहरूको भावनालाई नजिकबाट छुने अपेक्षा गरिएको छ ।

    गीतको भिडियो यहाँ हेर्नुहोस् :

    https://youtu.be/Kxmh6gM6fbs 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ