पटाया, थाइल्यान्ड । विदेशमा रोजगारीका लागि पुगेपछि एउटै ठाउँमा लामो समय टिकिरहनु सहज हुँदैन । कामको प्रकृति, भाषा, वातावरण र अनेकौँ चुनौतीबीच धेरैले रोजगारी परिवर्तन गर्छन्। तर पर्वतको माहासिला गाउँपालिका घर भएका विक्रम अधिकारीको कथा केही फरक छ । विक्रमले थाइल्यान्डको पटायामा रहेको एउटै कम्पनीमा १४ वर्षदेखि निरन्तर काम गर्दै आएका छन् ।
१४ वर्षअघि रोजगारीको खोजीमा थाइल्यान्ड आइपुगेका उनी अहिले यही काम र यही ठाउँसँग अभ्यस्त भइसकेका छन् । सुरुवाती दिनमा उनका लागि पटाया नयाँ थियो। भाषा फरक थियो, वातावरण फरक थियो र कामको शैली पनि नेपालभन्दा अलग। तर चुनौतीबाट पछि नहटी उनले काम सिक्दै गए। समय बित्दै जाँदा कामसँगै अनुभव बढ्यो र कम्पनीसँगको सम्बन्ध पनि बलियो बन्दै गयो । ‘केही समय विदेश बस्ने र फर्किने’ सोचका साथ थाइल्यान्ड पुगेका धेरै नेपालीको कथा समयसँगै बदलिएको छ ।
विक्रमको जीवनमा १४ वर्ष लामो यो यात्राले धेरै उतारचढाव ल्याएकाे थियाे । पर्वतको गाउँबाट सुरु भएको उनको जीवनयात्रा अहिले थाइल्यान्डको पटायासम्म आइपुगेको छ । परिवारको भविष्यका लागि विदेशमा पसिना बगाउँदै आएका विक्रमको १४ वर्ष एउटै कम्पनीमा बित्नु उनको मेहनत, धैर्य र जिम्मेवारीको परिचय पनि हो ।
पटायाको व्यस्त शहरमा दैनिक आफ्नो काममा खटिइरहेका विक्रमजस्ता नेपालीहरूकै श्रमले परदेशमा नेपाली समुदायको उपस्थितिलाई बलियो बनाइरहेको छ । उनको कथा केवल एउटा व्यक्तिको रोजगारीको कथा होइन, परिवारको सपना पूरा गर्न परदेशमा वर्षौँ बिताइरहेका नेपाली श्रमिकहरूको साझा कथा पनि हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


