Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महाशिवरात्री तथा २६३औं नेपाली सेना दिवसको अवसरमा एन.सि.सि अल्मुनाईद्वारा ९ मन्दिरमा स्वयंसेवा


सोमबार, फागुन ४ २०८२
  • 434
    SHARES

  • images
    महाशिवरात्री तथा २६३औं नेपाली सेना दिवसको अवसरमा एन.सि.सि अल्मुनाईद्वारा ९ मन्दिरमा स्वयंसेवा

    नवलपरासी (ब.सु.पूर्व) — हिन्दू धर्मावलम्बीहरुको महान चाड महाशिवरात्री तथा २६३औं नेपाली सेना दिवसको अवसरमा एन. सि. सि अल्मुनाई एशोसिएशन नेपाल, नवलपरासी (ब.सु.पूर्व) जिल्ला कार्यसमितिले जिल्लाका विभिन्न ९ वटा मन्दिरमा स्वयंसेवक परिचालन गर्दै उत्कृष्ट भूमिका निर्वाह गरेको छ।

    images
    images
    images

    संस्थाले गैँडाकोट–८ स्थित कालिका मन्दिर एवं कालिका आश्रम, गैँडाकोट–१३ स्थित कैलाश सन्यास आश्रम, गैँडाकोट–१६ स्थित त्रिपुरेश्वर हरिहर मन्दिर, देवचुली–११ स्थित सिद्धेश्वर हरिहर मन्दिर, देवचुली–१७ स्थित गणेश मन्दिर, कावासोती–२ स्थित शिवालय मन्दिर, कावासोती–४ स्थित गणेश मन्दिर र ॐ केदारेश्वर शिवालय मन्दिर तथा विनयी त्रिवेणी–१, दुम्किबास स्थित शिवालय मन्दिर मा स्वयंसेवक परिचालन गरेको जनाएको छ।

    जिल्ला कार्यवाहक निर्देशक अनुराग भण्डारीका अनुसार महाशिवरात्रीका अवसरमा हुने अत्यधिक भीडभाड र भक्तजनहरुको आवागमनलाई व्यवस्थित गर्न प्रत्येक मन्दिरमा स्वयंसेवक खटाइएको थियो। सम्भावित समस्या तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै “हेल्प डेस्क” समेत स्थापना गरि प्राथमिक उपचार प्रदान गरिएको उनले जानकारी दिए।

    त्यसैगरी, संस्थाका पूर्व जिल्ला निर्देशक तथा केन्द्रीय सदस्य विशाल सापकोटाका अनुसार स्थापना कालदेखि नै संस्थाले स्वयंसेवा, विपद् व्यवस्थापन, भीड तथा ट्राफिक व्यवस्थापन र सामाजिक सचेतनामूलक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस वर्ष महाशिवरात्रीका अवसरमा मात्रै जिल्ला भर कुल १६३ जना क्याडेट छात्रछात्रा परिचालन गरि करिब ४५० बढी गाडी व्यवस्थापन तथा ५००० बढी मानिसलाई सहजीकरण गरिएको कुरा उनले बताए।

    धार्मिक आस्थासँगै सामाजिक जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्दै गरिएको यस प्रकारको परिचालनले महाशिवरात्रीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुगेको स्थानीयवासीले बताएका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ