Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता


ग्लोबल पाना
बुधबार, फागुन १३ २०८२
  • 323
    SHARES

  • images
    आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

    काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लान ले हस्ताक्षर गर्नुभएको हो ।

    images
    images
    images

    कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ । साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत 'नगदरहित' (Cashless) समाजतर्फ लम्किरहेको छ । अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ ।

    यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IME र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ । नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर (Digital Financial Corridor) निर्माण गरेको छ जसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ ।

    सम्झौता क्रममा रियादमा देखिएको IME को त्यो रातो रङ केवल एउटा ब्रान्ड मात्र नभएर नेपालीहरूको भरोसा र राष्ट्रिय गौरवको प्रतीक हो । TIQMO सँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ। आइएमई र TIQMO बीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ ।

    सम्झौता भएसंगै आइएमईले Tiqmo मार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ । आइएमई लिमिटेडका बारेमा∶ आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

    Tiqmo को बारेमा:

    Tiqmo मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ । यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन् ।

    सम्पर्कः आइएमई ग्रुप , पानी पोखरी, काठमाडौँ , सम्पर्कः ०१-४४३०६००, एक्सटेन्सन २५७

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ