Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

के प्रधानमन्त्री प्रचण्ड केपि ओलीकाे घेराबन्दीमा परे कै हुन त ?


ग्लोबल पाना
शुक्रबार, माघ १३ २०७९
  • 266
    SHARES

  • images
    के प्रधानमन्त्री प्रचण्ड केपि ओलीकाे घेराबन्दीमा परे कै हुन त ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घेराबन्दीमा परेको गुनासो गरेका छन्।

    images
    images
    images

    एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको एक महिनामै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका कारण घेराबन्दीमा परेको बताएका हुन्।

    नेकपा माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले आगामी दिन पनि सहज नदेखेको बताएका छन्।

    आफूसँगै एमालेका विष्णु पौडेलको मात्रै मन्त्रीमा शपथ गराउने तयारी थियो, ओलीजीले ४ जनाको नाम पठाउनु भयो,’ प्रचण्डले बैठकमा भनेको कुरा उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘वरीयता क्रममा विष्णु पौडेललाई दोस्रो नम्बरमा राख्न पनि ओलीजीले दबाब दिनुभयो।’

    प्रचण्डले मन्त्रीहरूको शपथग्रहण, सरकारमा वरीयता क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो पारेको गुनासोसमेत गरेको ती पदाधिकारीले बताए। अब राष्ट्रपति र उपराष्ट्रपति चुनाव अप्ठ्यारो स्थितिमा रहेको पनि प्रचण्डले बताएका छन्।

    एमाले अध्यक्ष ओलीले सहज वातावरण बनाउनुभन्दा पनि अप्ठेरो पार्ने र राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आएर बैठकमा घेराबन्दी गर्ने गरेको बैठकमा प्रचण्डले खुलासा गरेका छन्।

    प्रचण्डले गठबन्धन बनाउन सहज भए पनि सरकार चलाउन भने असहज हुँदै गएको बैठकमा बताएका छन्। प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गरेका छन् ।

    बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे मौखिक ब्रिफिङ गर्नुका साथै लिखित प्रतिवेदनसमेत पेश गरेको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ