Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते


ग्लोबल पाना
शुक्रबार, माघ १३ २०७९
  • 208
    SHARES

  • images
    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन  माघ २३ गते

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षको रिक्तता पुरा गर्न माघ २३ गते निर्वाचन हुने भएको छ । आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते गर्ने उल्लेख गरेका हुन् ।

    images
    images
    images

    तिमल्सिनाले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिएका छन् । ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु ।

    उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई निर्देशन गर्दछु ।’-अध्यक्ष तिमल्सिनाले भनेका छन् । राष्ट्रियसभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११:५९ मा बस्नेगरी बोलाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ