काठमाडौं । सर्वोच्च अदालतको शुक्रबारको आदेशसँगै सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका रवि लामिछानेले नागरिकता लिएर पुनः चुनाव लड्न पाउने छन् ।
अधिवक्ता ललित बस्नेतका अनुसार सर्वोच्चको फैसला अत्यत्तै पारदर्शी र लामिछानेले चाहे नागरिकता लिएर पुनः चुनाव लड्न पाउने छन् । लामिछानेले नागरिकता पुनः प्राप्तिमा अटेरीपन देखाएका कारण आज यस्तो नतिजा आएको पनि उनको भनाइ थियो ।
उनका अनुसार लामिछाने नेपाली नागरिक होइन भन्ने होइनन् तर नागरिकता छोडेपछि पुनः प्राप्तिको प्रकृयामा उहाँ जानुभएन । सर्वोच्चको फैसलाले लामिछानेलाई घाटा नभएको पनि उनको भनाइ छ । अर्थात्, लामिछानेले नेपाली नागरिकता लिनका लागि कृयामा जाने, नागरिकता लिने अनि चुनाव लड्न सक्छन् ।
२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिन भनि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिए पनि नेपाली नागरिकता पुनः प्राप्तिमा त्रुटी गरेको सर्वोच्चद्वारा जारी आदेश पत्रमा भनिएको छ ।
पुनः नेपाली नागरिकता प्राप्तिका लागि संविधानको ऐन २०६३ को धारा दफा ११ तथा नेपाली नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम प्रक्रिया पूरा गर्नुपर्ने भए पनि त्यो पूरा नगरेको आदेश पत्रमा भनिएको छ ।
उता, सर्वोच्चको आदेशपछि सबै पदबाट पदमुक्त भएका लामिछानेले चाहेको खण्डमा आइतबार नै प्रक्रिया पूरा गरेर नागरिकता लिन सक्ने जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताएका छन् ।
सर्वोच्चको आदेशमा कुनै नकारात्मक टिप्पणी र आदेश नभएका कारण प्रक्रिया पुर्याएर रविले आइतबार नै नेपाली नागरिकताको प्रतिलिपी पाउन सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


