Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मकवानपुरमा सवारी दुर्घटना, १ मृत्यु, ४ घाइते


ग्लोबल पाना
आइतबार, माघ १५ २०७९
  • 262
    SHARES

  • images
    मकवानपुरमा सवारी दुर्घटना, १  मृत्यु, ४ घाइते

    मकवानपुर । मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी ६ नयाँबस्तीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

    images
    images
    images

    हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा-१५ का अन्दाजी ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तितुङको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

    ट्याङ्कर चालक चितवनको राप्ती नगरपालिका-२ का ३६ वर्षीय ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल दुर्घटनामा ४ जना घाइते,१ जना गम्भीर मकवानपुरको बकैया गाउँपालिका-३, हात्तीसुँडेमा साँझ मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोर हिमाल जिम्बा गम्भीर घाइते भएका छन् ।

    सोही दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । हात्तीसुँडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक बकैया-३ का १७ वर्षीय जिम्बा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    यस्तै बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया-३ का १८ वर्षीय बसन्त डङ्गोल, मोटरसाइकलमा सवार बकैया-३, बाघमाराका २२ वर्षीय तीर्थ लामिछाने र २३ वर्षीय सुजन गुरुङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ