Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल


ग्लोबल पाना
बिहीबार , चैत २६ २०८२
  • 284
    SHARES

  • images
    देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । पत्रकारहरुको सम्मानमा बुधबार काठमाडौंमा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उहाँले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राख्नु भयो ।

    images
    images
    images

    अध्यक्ष ढकालले पत्रकारहरूले सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको भूमिका निर्वाह गरेको उल्लेख गर्दै पत्रकारितालाई नीति निर्माणमा मार्गदर्शक शक्ति रहेको धारणा राख्नु भयो । अध्यक्ष ढकालले आफ्नो कार्यकालको अन्त्यतिर आयोजित कार्यक्रमलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै महासंघले सधैं सञ्चारमाध्यमबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेको धारणा राख्नु भयो । उहाँले कोभिड–१९ पछिको आर्थिक संकुचन र पछिल्ला गतिविधिका कारण अर्थतन्त्र प्रभावित भए पनि महासंघले नीतिगत पैरवी, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा काम गर्दै आएको बताउनु भयो ।

    “विभिन्न कारणले अर्थतन्त्र प्रभावित भयो, यद्यपी महासंघले आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरि यो अवधीमा काम गर्‍यो । उहाँले भन्नु भयो, यस अवधिमा कानूनी सुधार, उच्चस्तरीय आर्थिक सुधार आयोग गठन तथा त्यसका सुझाव कार्यान्वयन तथा राष्ट्रिय आर्थिक बहसमार्फत आर्थिक विकासका मुद्दामा साझा धारणा निर्माण गर्ने प्रयास महासंघले गरेको छ ।”

    तीन वर्षको अवधिमा महासंघले नीतिगत सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्ल्ेख गर्दै उहाँले परम्परागत माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाइएको बताउनु भयो । महासंघले राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको र सो आयोगको शिफारिश अनुसार ३० भन्दा बढी कानुन संशोधन गरिएको धारणा राख्नुभयो ।

    साथै उहाँले महासंघकै शिफारिश अनुसार नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरेको र यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न देशहरूसँग सम्झौताको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । सोही अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार, बेलायतलगायत देशमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले महासंघकै पहलमा आन्तरिक लगानी प्रवद्र्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको बताउनु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ,नेपाल आर्थिक पत्रकार समाज (सेजन),आर्थिक पत्रकार संघ (नाफिज),नेपाल महिला आर्थिक पत्रकार संघ (फेजा),इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) तथा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) लाई संस्थागत रुपमा सम्मान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ