Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पशुपन्छी कल्याण सम्बन्धी मिडीयालाई कलम चलाउन आग्रह : संयोजक कट्टेल


ग्लोबल पाना
आइतबार, माघ १५ २०७९
  • 297
    SHARES

  • images
    पशुपन्छी कल्याण सम्बन्धी मिडीयालाई कलम चलाउन आग्रह : संयोजक कट्टेल

    नेपालगन्ज । बिगत १३ बर्ष देखि पशु कल्याणकाे क्षेत्रमा काम गरि रहेको एनिमल नेपालको आयोजनामा आज "अण्डा उत्पादन गर्ने कुखुराहरुलाई पिंजडामुक्त अभियान" का बिषयमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशुपक्षी कल्याण सुनिश्चितताका लागि मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आईतवार नेपालगन्जमा एनिमल नेपालले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    images
    images
    images
    received_515097377395438.jpeg
    undefined
    IMG_20230129_235029.jpg
    undefined

    पशु कल्याणकाको बिषयमा सरोकारवालाको ध्यान पुग्न नसक्दा पशुपन्छीहरुले सास्ती खेप्दै आउनुपरेको आयोजकको गुनासो रहेको छ । एनिमल नेपालका बरिष्ठ पशु चिकित्सक अतिस कुमार यादबले एनिमल नेपालले बिगत १३ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको बताउदै “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्ने, राम्रो वातावरणमा बस्न पाउने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्ने, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न दिने, कुनै पनि मानसिक तनाव दिन नहुने” भन्ने पाँच कुराहरूको सुनिश्चितता हुनुपर्छ भन्ने कुरामा जाेड दिनु भयाे ।

    325481711_1145888986114314_3764068602279373009_n.jpg
    undefined

    मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि राखेको गुनासो गर्दै बरिष्ठ पशु चिकित्सक अतिसले एनिमल नेपालले विशेष गरी लुम्बिनी, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा पशु कल्याण सम्बन्धी कार्यक्रम सन्चालन गर्दै आएको बताउनु भयो । बार्षिक ३ हजार बढि कुकुरहरूको बन्ध्याकरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।

    received_565578622261691.jpeg
    undefined

    बरिष्ठ पशु चिकित्सक अतिसका अनुसार बाँकेमा मात्र एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गरिसकेको जानकारी गराउँनुभयो ।

    325254460_940913970401098_2799771826526481222_n.jpg

    पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारे गुनासो गर्दै उहाँले प्राणीप्रति सद्भावको भावना हुनुपर्ने बताउनुभयो । मान्छे जस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालले बिशेष जोड दिएको छ । पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउदै अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने जानकारी गराउनुभयो ।

    अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त अभियानको संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय सम्म एउटै पिँजडामा थुनेर राख्दा कुखुराहरुलाई अति नै सास्ती र पिडा हुने बताउँदै यो अभियान सफल बनाउन मिडीया तथा संचारकर्मीहरुको साथको अपेक्षा गरेको बताउनुभयो ।

    324837370_573147804414226_1449163205776042112_n.jpg
    undefined

    उहाँले भन्नुभयो “कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचल सम्म गर्ने स्थान नदिएर आजीबन जबरजस्ती अण्डा दिन लगाईन्छ । पिंजडामा कुखुराहरुलाई एकदमै कोचिएर राखिएको अवस्था पाइन्छ । पिंजडामा पालिएका कुखुराहरु हलचल समेत गर्न पाएका हुदैन । आजिवन एउटै पोजिसनमा बस्न बाध्य छन् ।

    324926123_946294586752106_5719760559925134744_n.jpg

    एक गर्भवती महिलालाई जतिको पोषण र आराम चाहिन्छ त्यति नै एक अण्डा उत्पादन गर्ने कुखुरालाई पनि चाहिन्छ ।” मानिसहरूले पशुपक्षी प्रति गर्ने निर्दयी व्यवहारलाई चेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पशुपक्षी कल्याण सम्बन्धी मिडीयाले प्राथमिकता दिएर कलम चलाउन संयोजक कट्टेलले आग्रह गर्नुभएको छ ।

    received_1217762545832218.jpeg
    undefined

    सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेता पनि पशुपन्छी कल्याणका बारेमा अध्ययन अनुसन्धान व्यापक रुपमा गर्नु पर्ने गुनासो यस अभियानकाे संयोजक कट्टेलले बताउँनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ