काठमाडौं । डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित माछापुच्छ्र्रे बैंक लिमिटेडले ‘एमबिएल आईटी कर्जा’ सेवा सार्वजनिक गरेको छ। सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै बैंकले नयाँ कर्जा योजना अघि सारेको हो । बैंकका अनुसार यस योजनाले सूचना प्रविधि क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको आईटी क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कर्जा सुविधामार्फत आईटी तथा सफ्टवेयर कम्पनीहरूले चालु पुँजी, पूर्वाधार निर्माण तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच पाउने बैंकले जनाएको छ ।
यो कर्जा सुविधा सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी) तथा प्राइभेट लिमिटेड कम्पनीहरूले लिन सक्नेछन् । साथै, प्यान, भ्याटलगायत कर दायित्व नियमित रूपमा तिरेको हुनुपर्ने व्यवस्था गरिएको छ । सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेशिन लर्निङजस्ता क्षेत्रमा कार्यरत र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका कम्पनीहरू यस योजनाका लागि योग्य हुने बैंकले जनाएको छ ।
बैंकले यो योजनामार्फत नेपालमा प्रविधि–आधारित उद्यमशीलता र डिजिटल अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


