Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय सम्मान, ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ अवार्ड प्राप्त


ग्लोबल पाना
मंगलबार, जेठ ५ २०८३
  • 376
    SHARES

  • images
    सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय सम्मान, ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ अवार्ड प्राप्त

    काठमाडौं । Citizen Life Insurance Company Limited प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ (Best Life Insurance Company of the Year, Nepal) बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो।

    images
    images
    images

    ​आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ । यो पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्‍याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) ले अन्तर्राष्ट्रिय सम्मानले सम्पूर्ण सिटिजन परिवारलाई थप उत्साहित बनाएको उल्लेख गर्दै ग्राहकहरूको अटुट विश्वास, अभिकर्ता तथा कर्मचारीहरूको समर्पणकै परिणामस्वरूप यो सफलता हासिल भएको बताए।

    कम्पनीले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ