Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

व्यवस्थित शहर निर्माणमा टोखा नगरपालिका सक्रिय, धापासीमा अतिक्रमित संरचना हटाइयो


ग्लोबल पाना
बिहीबार , जेठ ७ २०८३
  • 216
    SHARES

  • images
    व्यवस्थित शहर निर्माणमा टोखा नगरपालिका सक्रिय, धापासीमा अतिक्रमित संरचना हटाइयो

    काठमाडौं । सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा तथा अस्थायी संरचनामाथि टोखा नगरपालिकाले कडाइका साथ धापासी–ग्रीनल्याण्ड क्षेत्रमा डोजर चलाएको छ । व्यवस्थित, सफा र कानुनसम्मत शहर निर्माण अभियानलाई तीव्र बनाउँदै नगरपालिकाले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको हो । यसअघि १५ दिने सार्वजनिक सूचना जारी गर्दै स्वयं संरचना हटाउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि नगरपालिकाले आज बिहानदेखि डोजर प्रयोग गरी संरचना हटाउन सुरु गरेको जनाएको छ ।

    images
    images
    images

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई स्वयं फिल्डमा उपस्थित भई सडक छेउ, सरकारी तथा सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, कम्पाउन्ड र अन्य अस्थायी संरचना हटाउने कार्यको नेतृत्व गरेका थिए । भट्टराईले नगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियानअन्तर्गत सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । उनले विकास निर्माण, सडक विस्तार तथा नागरिकको सहज आवतजावतमा बाधा पुग्ने गरी गरिने अतिक्रमण कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारे ।

    नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कानुनी व्यवस्था पालना गर्न र अतिक्रमण नगर्न सबैलाई आग्रह गरेको छ । साथै आगामी दिनमा पनि नगरलाई थप व्यवस्थित र सुन्दर बनाउने अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ