काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंक ले “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको हो ।
आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ । छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । “अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,” एक विद्यार्थीले भावुक हुँदै बताए ।
अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


