Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिगो र सुरक्षित मोबिलिटीमा बीमाको भूमिका : NAIMA संवादमा नीतिगत चुनौतीदेखि सडक सुरक्षासम्म बहस


ग्लोबल पाना
शुक्रबार, जेठ ८ २०८३
  • 440
    SHARES

  • images
    दिगो र सुरक्षित मोबिलिटीमा बीमाको भूमिका : NAIMA संवादमा नीतिगत चुनौतीदेखि सडक सुरक्षासम्म बहस

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले शुक्रबार “NAIMA Monthly Mobility Sambad” आयोजना गर्दै दिगो तथा सुरक्षित मोबिलिटीमा बीमाको भूमिका, नीतिगत चुनौती तथा सवारी सुरक्षा सम्बन्धी विषयमा व्यापक छलफल गरेको छ । कार्यक्रममा बीमा क्षेत्र, ट्राफिक व्यवस्थापन तथा यातायात सुरक्षासँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले कार्यक्रमकाे सहजिकरण गरेका थिए ।

    images
    images
    images

    कार्यक्रमको मुख्य प्रस्तुति नेशनल इन्स्योरेन्सका मार्केटिङ हेड विमल बास्कोटाले दिएका थिए । उनले कर तथा नीतिगत अस्थिरता, वित्तीय जोखिम न्यूनीकरण, भन्सार तथा ट्यारिफ चुनौती, साथै बीमा दाबी प्रक्रियामा देखिएका वर्तमान समस्याबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले पछिल्लो समय सवारी दुर्घटना, बीमा दाबी प्रक्रिया र बजार व्यवस्थापनमा देखिएका चुनौती समाधानका लागि सरकार, बीमा कम्पनी र अटोमोबाइल क्षेत्रबीच समन्वय आवश्यक रहेको धारणा राखे ।

    त्यसैगरी “Role of Insurance in Shaping Sustainable and Safe Mobility” विषयमा विशेष छलफल समेत गरिएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिल जंग शाहले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना, नियम पालन र प्रविधिमैत्री ट्राफिक प्रणालीको आवश्यकता औंल्याए । उनले सुरक्षित सवारी सञ्चालनका लागि बीमा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै दुर्घटनापछि पीडितले सहज रूपमा क्षतिपूर्ति पाउने वातावरण निर्माण आवश्यक रहेको बताए ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणकी डेपुटी डाइरेक्टर (कानुन) रञ्जिता केसीले नियामक निकायको भूमिकाबारे धारणा राख्दै बीमा क्षेत्रलाई थप पारदर्शी, विश्वसनीय र सेवामुखी बनाउन आवश्यक सुधारहरूबारे चर्चा गरेकी थिइन् ।

    NAIMA ले यस्ता संवाद कार्यक्रममार्फत नेपालमा सुरक्षित, दिगो र व्यवस्थित मोबिलिटी प्रणाली निर्माणका लागि सरोकारवालाबीच निरन्तर सहकार्य र बहसलाई अगाडि बढाउँदै आएको पाइन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ