काठमाडौं । टोखा नगरपालिका–८ स्थित मेरीगोल्ड पुल क्षेत्रमा सञ्चालन हुँदै आएको नदि सरसफाई अभियानले १००औँ हप्ता पूरा गरेको छ । शनिबार बिहान सम्पन्न अभियानमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, अभियान्ता तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।
वातावरण संरक्षण, नदी सफाइ तथा स्वच्छ समाज निर्माण गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन हुँदै आएको अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताउदै नदी तथा वातावरण संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
स्थानीयवासीहरूको सहभागिताले अभियानलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ । टोखा क्षेत्रमा नदी प्रदूषण न्यूनीकरण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित अभियान प्रत्येक हप्ता सञ्चालन हुँदै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


