Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सामुदायिक तथा स्वतन्त्र सञ्चारमाध्यमहरूको संरक्षण र विकासमा सरकारको सहयोग रहने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको भनाइ


आइतबार, जेठ १० २०८३
  • 359
    SHARES

  • images
    सामुदायिक तथा स्वतन्त्र सञ्चारमाध्यमहरूको संरक्षण र विकासमा सरकारको सहयोग रहने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको भनाइ

    ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सामुदायिक रेडियोको महत्त्व अहिले पनि उत्तिकै रहेकाले प्रविधिमैत्री बनाउँदै जनअपेक्षाअनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा (१०२.४ मेगाहर्ज)’ को ३०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री तिमल्सिनाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले रेडियो सगरमाथाले तीन दशकदेखि निष्पक्षताको मानक कायम राखेको उल्लेख गर्दै सञ्चारमाध्यमको दिगोपनाका लागि सरकारले नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    images
    images
    images

    सरकारी विज्ञापनबारे धारणा राख्दै मन्त्री तिमल्सिनाले भन्नुभयो, “सरकारबाट जाने विज्ञापनमा केही अनियमितता देखिएकाले प्रक्रिया रोकिएको छ । विज्ञापनको दुरुपयोग नभई सही सदुपयोग होस् र श्रमजीवी पत्रकारको हितमा खर्च होस् भन्ने नै सरकारको उद्देश्य हो । यसको पुनरावलोकन भइरहेको छ ।” उहाँले आफू सञ्चारमन्त्रीको भूमिकामा रहँदा रेडियो सगरमाथामा गरेको कार्यअनुभवले महत्त्वपूर्ण सहयोग पुगिरहेको पनि उल्लेख गर्नुभयो ।

    कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको दु तोइटले नागरिकको आवाज बुलन्द पार्न सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै युनेस्कोले यस्ता संस्थालाई फेलोसिप र कार्यक्र ममार्फत सहयोग गर्दै आएको बताउनुभयो । वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले रेडियो सगरमाथा स्थापना र सन्चालनका आरोह अवरोह स्मरण गर्दैसामुदायिक सन्चारको विकासमा संस्थागत सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

    रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा. घमराज लुइँटेलले स्वतन्त्र सञ्चारमाध्यमको संरक्षणका लागि राज्यबाट सहयोगको अपेक्षा गर्नुभयो। स्टेसन म्यानेजर उर्वशी बस्नेतले रेडियोले लोकतन्त्र र सामुदायिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै तीन दशकदेखि स्वतन्त्र प्रसारण सेवालाइ अघि बढाइरहेको बताउनु भयो । उहाँले रेडियो सगरमाथाले समुदायको आवाजलाई अझ सशक्त बनाउँदै, नयाँ प्रविधिसँग समायोजन गर्दै, समावेशी र उत्तरदायी सञ्चारको अभ्यासलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    रेडियो सगरमाथालाई केवल एउटा रेडियो नभई सामुदायिक तथा स्वतन्त्र सञ्चारमाध्यमहरूको अमूल्य सम्पदाका रूपमा संरक्षण र विकास गर्दै लैजाने प्रतिबद्धता पनि स्टेसन म्यानेजर बस्नेतले उल्लेख गर्नुभयो। पत्रकार महासंघ, प्रेस काउन्सिल, नेपाली सेना लगायत विभिन्न संस्थाका प्रतिनिधिले प्रत्यक्ष शुभकामना दिँदै रेडियोको भूमिकाको प्रशंसा गर्नुभएको थियो। सो अवसरमारेडियो सगरमाथाले सहकार्य र समन्वय गरेका दुई दर्जनभन्दा बढी संस्थालाई सम्मानसमेत गरेको छ ।

    रेडियो सगरमाथाले सबै कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो। रेडियो सगरमाथा हाम्रो पात्रो, नेपाली पात्रो, युट्युब र फेसबुक मार्फत समेत सुन्न सकिन्छ । २०५४ साल जेठ ९ गते प्रसारण प्रारम्भ गरेको सगरमाथा रेडियो दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवा हो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ