Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाघ संरक्षण सामूहिक दायित्व, मानव–बाघ द्वन्द्व न्यूनीकरणमा जोड


ग्लोबल पाना
सोमबार, जेठ ११ २०८३
  • 415
    SHARES

  • images
    बाघ संरक्षण सामूहिक दायित्व, मानव–बाघ द्वन्द्व न्यूनीकरणमा जोड

    रौतहट । वन क्षेत्रको जैविक विविधता जोगाउन तथा मानव–बाघ द्वन्द्व कम गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । आइतबार चन्द्रनिगाहपुरमा सञ्चारकर्मीलाई लक्षित गर्दै आयोजित बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममा हेमन्तप्रसाद साह ले बाघ संरक्षणलाई केवल वन कार्यालयको जिम्मेवारी नभई सामूहिक दायित्वका रूपमा लिनुपर्ने बताए ।

    images
    images
    images

    उनले बाघ भएको क्षेत्र प्राकृतिक रूपमा समृद्ध र सन्तुलित जङ्गलको संकेत हुने उल्लेख गर्दै बाघप्रति नकारात्मक सोच नराख्न आग्रह गरे । “बाघ जोगियो भने जङ्गल जोगिन्छ, जङ्गल जोगियो भने वातावरणीय सन्तुलन कायम रहन्छ,” उनले भने ।

    डिभिजन वन कार्यालयका अनुसार रौतहटका विभिन्न वन क्षेत्रमा दुर्लभ पाटेबाघको उपस्थिती देखिँदै आएको छ । लमाहा नदी आसपासका वन क्षेत्र, धन्सार, सतियारी, गैँडाटार, जुडिबेला, पौराइ तथा नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको गतिविधि देखिएको जानकारी कार्यक्रममा दिइयो ।

    वन प्रमुख साहले बाघको मुख्य आहारा जरायो, चित्तल, बँदेल र बाह्रसिङ्गे जस्ता वन्यजन्तु रहेको बताए । उनले बाघ सामान्य अवस्थामा मानिसबाट टाढा रहन खोज्ने भए पनि आत्मरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रामक बन्न सक्ने स्पष्ट पारे ।

    नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको जानकारी दिँदै उनले रौतहटमा पनि बाघ गणनाको काम भइरहेको र त्यसको यथार्थ तथ्याङ्क चाँडै सार्वजनिक गरिने बताए ।

    कार्यक्रममा रौतहटमा विगत केही वर्षमा भएका बाघ आक्रमणका घटनाबारे पनि चर्चा गरिएको थियो । वि.सं. २०७७ मा सङ्गम भण्डारी को बाघ आक्रमणमा मृत्यु भएको थियो भने २०७८ मा यज्ञबहादुर रायमाझी घाइते भएका थिए । त्यसैगरी २०८१ मङ्सिरमा रामजित चौधरी र बौराही चौधरीमाथि पनि बाघले आक्रमण गरेको घटना स्मरण गरिएको थियो ।

    सहभागीहरूले वन्यजन्तु संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षालाई समेत प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ