Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गणतन्त्र दिवसमा मञ्च सजावट र कार्यक्रम व्यवस्थापनमा महानगरको तयारी


ग्लोबल पाना
मंगलबार, जेठ १२ २०८३
  • 197
    SHARES

  • images
    गणतन्त्र दिवसमा मञ्च सजावट र कार्यक्रम व्यवस्थापनमा महानगरको तयारी

    काठमाडौं । गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सवाजट तथा कार्यक्रम व्यवस्थापनको तयारी सुरु गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमितिको बैठक बसेर तयारीका लागि कामको जिम्मेवारी बाँडफाँड गरेको छ ।

    images
    images
    images

    वैठकले, मूल समारोहमा झाँकी प्रदर्शनको व्यवस्थापन सम्पदा तथा पर्यटन विभागले गर्ने, कार्यक्रम स्थल वरिपरि, प्याराफिटको सरसफाइ, शौचालयको व्यवस्थापन काम वातावरण व्यवस्थापन विभागले गर्ने, कुर्सी, फूल, सजावटका सामान तथा सजावटको काम, पिउने पानी, विशिष्ट व्यक्तित्वका लागि आवश्यक सामानको व्यवस्थापन जिन्सी शाखाले गर्नेछ ।

    हेलिकोप्टरबाट प्रदर्शन गरिने गणतन्त्र दिवस २०८३ लेखिएको ३४ मिटर लामो व्यानर, पुष्पवृष्टिका लागि फूल, प्याराफिटका दुवै तर्फ राखिने गणतन्त्र दिवस २०८३ लेखिएका १७ मिटर लम्बाईका २ थान कपडा व्यानर शाखाले नेपाली सेनालाई उपलब्ध गराउनेछ । शाखाले ८ जोडी परेवा, ५ सय वटा वेलुन, फूल र बुकेको व्यवस्था र मञ्च सजावटको काम गर्नेछ । १४ गते बेलुका माइतीघर मण्डलामा हुने दीप प्रज्वलनको व्यवस्थापन पनि शाखाले गर्नेछ ।

    स्वास्थ्य विभागले प्राथमिक उपचार उपचारकाको व्यवस्था गर्नेछ । आकस्मिक उपचारका लागि एम्बुलेन्स तैनाथ राख्नेछ । विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तैनाथ राख्नेछ । उपसमितिको बैठकमा जङ्गी अड्डा समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी पङ्कज पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बालनरसिंह राणा, संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इञ्जिनियर गणेश कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, महानगरपालिकाका प्रशासन, विपद व्यवस्थापन, स्वास्थ्य, सम्पदा तथा पर्यटन, महानगर प्रहरी बलका प्रमुखहरु, महाशाखा प्रमुखहरु, ललितपुर महानगरपालिका सहित स्थानीय तहका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ