Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यातायात क्षेत्रको समस्या तत्काल समाधान हुन्छ : मन्त्री श्रेष्‍ठ


ग्लोबल पाना
बिहीबार , माघ १९ २०७९
  • 220
    SHARES

  • images
    यातायात क्षेत्रको समस्या तत्काल समाधान हुन्छ : मन्त्री श्रेष्‍ठ

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले बुधबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हुन् ।

    images
    images
    images

    २० वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारी साधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पुर्याउन मन्त्रीसमक्ष माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए। महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरी ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेका छन् ।

    देशभर तीन सय ६५ सङ्घसंस्था आबद्ध रहेको महासङ्घमा तीन लाख ८० हजार सवारीसाधन आबद्ध छन् । विसं २०३६ मा स्थापना भएको महासङ्घमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध रहेका छन् । उक्त महासङ्घअन्तर्गत देशका न्यून तथा मध्यम वर्गीय व्यवसायीको १० खर्ब लगानी रहेको छ। भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताए।

    “यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको छ, उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्छ”, उनले भने । भेटमा मन्त्रालयका सचिव इञ्जिनीयर केशव शर्मा, महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीको सहभागिता थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ