Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा सुरु हुँदै


ग्लोबल पाना
शुक्रबार, जेठ २२ २०८३
  • 202
    SHARES

  • images
    उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा सुरु हुँदै

    काठमाडौं । संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुँदैछ । जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका माननीय उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाका माननीय उपाध्यक्ष लिला कुमारी भण्डारी लगायत संघीय संसद तथा प्रदेश सभाका पदाधिकारीहरू आज धनगढी पुग्नुभएको छ ।

    images
    images
    images

    शनिबार बिहान ८ः३० बजे सम्मेलनको औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख माननीय भीमबहादुर भण्डारीको अध्यक्षतामा हुने उद्घाटन सत्रमा प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तथा प्रतिनिधि सभाका सम्माननीय सभामुखले शुभकामना मन्तव्य व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ ।

    संसदीय अभ्यास र कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत हुने शनिबार दिउँसो १२ः३० बजेदेखि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय’ तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा प्रस्तुति दिनुहुनेछ ।

    कार्यपत्र प्रस्तुतिपश्चात् संघीयता कार्यान्वयनको अवस्था, सभा सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वय तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच बृहत् छलफल हुनेछ। ‘टीकापुर घोषणापत्र’ जारी गर्दै सम्मेलन सम्पन्न हुने सम्मेलनको दोस्रो दिन आइतबार बिहान ९ः०० बजे सुरु हुने सत्रमा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नुहुनेछ । मस्यौदामाथि छलफल गरी सहभागीहरूको सुझाव समेटेर घोषणापत्र पारित तथा हस्ताक्षर गरिने कार्यक्रम रहेको छ । आइतबार बिहान १०ः३० बजे सम्मेलनको औपचारिक समापन हुनेछ ।

    सम्मेलनका निष्कर्ष तथा ‘टीकापुर घोषणापत्र’ सार्वजनिक गर्न बिहान ११ः०० बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा संघीय संसदका दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, समितिका सभापति, सचिव तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ