Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पाँच पटक सगरमाथा चुम्दै उद्धार र प्रशिक्षणमा पनि अग्रणी बने नरेन्द्र शाही, अन्नपूर्ण आरोहण दिवसमा सम्मानित


ग्लोबल पाना
शुक्रबार, जेठ २२ २०८३
  • 167
    SHARES

  • images
    पाँच पटक सगरमाथा चुम्दै उद्धार र प्रशिक्षणमा पनि अग्रणी बने नरेन्द्र शाही, अन्नपूर्ण आरोहण दिवसमा सम्मानित

    लमजुङ । ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा अनुभवी पर्वतारोही नरेन्द्र शाही सम्मानित भएका छन् । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल ले शाहीसहित तीन जना पर्वतारोहीलाई सम्मान प्रदान गरेकी हुन् ।

    images
    images
    images

    लमजुङको राइनास नगरपालिकामा जन्मिएका शाही नेपाली पर्वतारोहण क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन् । सन् २००५ मा मेरा पिकबाट आरोहण यात्रा सुरु गरेका उनले सन् २०१७ देखि २०२४ सम्म पाँच पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन् । आरोहणमा मात्र सीमित नभई शाही अन्तर्राष्ट्रिय माउन्टेन गाइड, प्रशिक्षक र उद्धारकर्मीका रूपमा पनि परिचित छन् । नेपाल र चीनमा पर्वतारोहणसम्बन्धी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएका उनले नयाँ पुस्ताका आरोहीहरूलाई व्यावसायिक मार्गदर्शन दिँदै आएका छन् ।

    युरोपका विभिन्न हिमशृङ्खलादेखि नेपालको दुर्गम हिमाली क्षेत्रमा सक्रिय शाहीले साहसिक पर्यटनको प्रवर्द्धनसँगै हिमाली उद्धार कार्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाल राष्ट्रिय माउन्टेन गाइड एशोसिएशनका पूर्व प्राविधिक निर्देशक तथा गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्ष रहेका उनी अहिले पनि हिमालयन उद्धार अभियानमा सक्रिय छन् ।

    अन्नपूर्ण आरोहण दिवसको अवसरमा गरिएको यो सम्मानले पर्वतारोहण, प्रशिक्षण र उद्धार क्षेत्रमा शाहीले पुर्‍याएको योगदानको कदर गरेको आयोजकहरूले बताएका छन् । पाँच पटक सगरमाथा आरोहणदेखि सयौँ आरोहीलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने यात्रासम्म, नरेन्द्र शाही आज नेपाली पर्वतारोहण क्षेत्रका प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ