Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी


ग्लोबल पाना
शनिबार, माघ २१ २०७९
  • 277
    SHARES

  • images
    स्थानीय उत्पादनलाई प्राथमिकता : मुख्यमन्त्री अधिकारी

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् ।

    images
    images
    images

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गरे ।

    उनले नेपालमा समेत पुष्पखेती फष्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे ।

    उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए ।

    “सार्वजनिक कार्यक्रममा एक घण्टाभन्दा बढी खर्च नगर्ने निणर्य लिएको छु, कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु, लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिऔँं”, अधिकारीले भने, “आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो ।”

    उनले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकलाई आग्रह गर्दै आइराखेको बताए ।

    गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ