Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ सम्पन्न, दुई विधामा राष्ट्रिय रेकर्ड कायम


ग्लोबल पाना
मंगलबार, जेठ २६ २०८३
  • 116
    SHARES

  • images
    २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ सम्पन्न, दुई विधामा राष्ट्रिय रेकर्ड कायम

    ललितपुर । नेपाल सुटिङ संघको आयोजनामा भएको २६औ महिला तथा २७औ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिता ललितपुरस्थित सातदोबाटोमा रहेको सुटिङ रेन्जमा सम्पन्न भएको छ। तीन दिन सञ्चालन भएको प्रतियोगिता अन्तर्गत एयर राइफल महिला तर्फ फुलमाया केप्छाकी २३९ अंक प्राप्त गरी प्रथम, २३५.८ प्राप्त गरी रेनु कोली द्वितिय र २१२.२ अंक प्राप्त गरी तृतिय स्थान भए । यसैगरी पुरुषतर्फ २४२.५ अंक प्राप्त गरी विनोद बस्नेत प्रथम, २४१.६ अंक प्राप्त गरी सुनिल चन्द द्वितिय र २१६.४ अंक प्राप्त गरी अर्जन थापा मगर तृतिय स्थान भएका छन ।

    images
    images
    images

    एयर पिस्तोल महिलातर्फ हेमा चौधरी २१८.४ अंक प्राप्त गरी प्रथम, २१८.३ अंक प्राप्त गरी सीमा कुमारी तुलाधन द्वितिय र १९७.६ अंक सहित राधा धर्ति तृतिय भए । यस्तै एयर पिस्तोल पुरुष तफै विपेश खड्का २३२.३ अंक ल्याई प्रथम, २२६.५ अंक प्राप्त गरी सुकदेव चौधरी द्वितिय र २०७.० अंक प्राप्त गरी तृतिय भए । एयर पिस्तोल मिक्समा बागमतिका विपेश खड्का र रविना श्रेष्ठको जोडिले ५४८ अंक प्राप्त गरी प्रथम, ५३९ अंक प्राप्त गरी मान बहादुर र मिना स्याङतान द्वितिय र ५३६ अंक प्राप्त गरी विष्णु कुमार दिस्वामा र राधा धर्ति तृतिय भए ।

    यस पटक पुरानो राष्ट्रिय रेकर्ड श्याम रानाले राखेको ६०८.१ लाई तोडी ६१३.३ राखी रेकर्ड राख्न सफल भए । साथै एयर पिस्तोलतर्फ पुरानो रेकर्ड २२७ लाई तोडी विपेश खड्काले २३२.३ ल्याई नयाँ रेकर्ड राखेका छन् । खेलमा विजेता खेलाडिहरुलाई नेपाल सुटिङ संघ अध्यक्ष पुषदास श्रेष्ठ, शरदचन्द्र शाह मेमोरियलका फाउन्डेसनको महासचिव निहीका शाह, राष्ट्रिय विमा कम्पनी लिमिटेडका निर्देशक रवि कुमार टिबरीवाला र प्रमु महालक्ष्मी विमाका विनोद धिमिरेबा पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ