Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य


ग्लोबल पाना
बिहीबार , जेठ २८ २०८३
  • 222
    SHARES

  • images
    चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य

    काठमाडौं । रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप (फर सीसीआइ) निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप अनुभव आदान प्रदान गर्न थालिएको छ । काठमाडौँ उपत्यकाका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालयहरु र रचनात्मक क्षेत्रसँग आवद्ध व्यक्तिहरुको संयुक्त प्रयास थालिएको छ । यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा दोस्रो वैठक सम्पन्न भएको छ । वैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, चलचित्र विधाले रचनात्मक उद्योगका अरु विधालाई चलचित्रबाट समेट्न सकिने र समुदाय स्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकोले काठमाडौँले चलचित्र विधा चयन गरेको बताउनुभयो । ‘काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथाको प्लट र पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोको रुपमा विकास गर्न सकिने बताउनुभयो । ‘हामी टोलटोलमा फिल्म महोत्सव आयोजना गर्दैछौँ ।

    चलचित्र क्षेत्रका पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँगको सहकार्यमा खुला तथा सार्वजनिक स्थलहरुमा सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयमा आधारित फिल्म प्रदर्शन गरेर समुदायलाई चलचित्रप्रति रुचि जगाउनु, चलचित्र संवाद गर्नु, शिक्षा, सूचना र सन्देशका विषय जोड्नु यसका मुख्य क्रियाकलाप हुन् ।’ उहाँले भन्नुभयो, ‘यसले चलचित्रमा निर्माता, निर्देशक, कथाकारसँग समुदायको सम्बन्ध स्थापित गरेर चलचित्रका लागि उपयुक्त उत्पादन स्थल उपलब्ध गराउनु र समुदायमा आय वृद्धि गराउनु हामीले अपेक्षा गरेको नतिजा हो ।’

    समुदायमा भएका तर आय आर्जन हुन नसकिरहेका क्षेत्रलाई आयसँग जोडेर तथा यससँग सम्बन्धित कर प्रणालीलाई सहज बनाएर सहजीकरणको काम गर्दैछौँ । उहाँको भनाइ छ । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, ललितपुर महानगरपालिकाले संगीत विधाबाट युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको बताउँदै यसलाई समुदाय स्तरमा अभ्यास बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना सुनाउनुभयो । वैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेशसुरस श्रेष्ठले, सांस्कृतिक नीति २०६७ का सन्दर्भमा कुरा गर्दै उहाँले २०७२ सालमा नेपालको संविधान जारी भएपछि सांस्कृतिक नीतिको सामयिक संशोधनको काम भइरहेको बताउनुभयो ।

    छलफलमा ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक (नेपाल) रुस्तम मोदी, युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टोइटलगायत अधिकारीहरुले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले रचनात्मक उद्योथको विकासका लागि अगाडि बढाएको प्रयत्नको सराहना गर्नुभयो । यसबाट समुदायमा लाभ हुनेछ । उहाँहरुको विश्वाश थियो । त्यस क्रममा एशोसियसन अफ साउथइष्ट इशियन नेशन्स (आशियान) का कल्चर एण्ड कम्युनिकेसन युनिट प्रमुख टान घी टियोङले, एशियान क्रियटिभ इकोनोमी सस्टेनेविलिटी फ्रेमवर्कका विषयमा प्रस्तुतिकरण गर्दै, इशियान सदस्य राष्ट्रहरुले ग्लोबल इनोभेस इन्डेक्स २०२५ मा सिर्जनात्मक उत्पादनहरुका लागि विश्वव्यापी रुपमा ७० औँ स्थानमा रहेका उल्लेख गर्नुभयो । उहाँका अनुसार इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड र भियतनाम जस्ता देशका अग्रणी कम्पनीहरुले पेटेन्ट, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता शीर्षकबाट दीर्घकालीन आय बढाइरहेका छन् ।

    बैठकमा चलचित्र निर्माता तथा लेखक सोफिया पाण्डेले सांस्कृतिक नीतिमा पृष्ठपोषण दिँदै रचनात्मक उद्योगको संस्थागत विकास समेट्नु पर्ने बताउनुभयो । रचनात्मक अर्थतन्त्र, दिगो विकासको प्रवर्धन, रोजगारी सिर्जना, अन्तरसम्बन्ध विकास, सहयोग र साझेदारी विस्तारका लागि स्थानीय सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुको साझा मञ्चका रुपमा यो ग्रुपलाई अगाडि बढाउन खोजिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ