काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ ।
प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो । सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेको प्रहरीको भनाइ रहेको छ ।
छोरी शारीरिक रुपमा अशक्त रहेको र उनको उपचारका लागि आफूले पहल गर्न नसकेको कारण दिक्क लागेको भण्डारीले उल्लेख गरेका छन् । भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन् ।
उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो । भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन् । अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने तयारी भइरहेको छ । - ajavoli
.gif)




 x 450 (H) Global Pana.jpeg)


