Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी


ग्लोबल पाना
बिहीबार , जेठ २८ २०८३
  • 179
    SHARES

  • images
    बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत माग्नुभएको छ । आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    images
    images
    images

    व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, "सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।" सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए । हाल बस्न र खान सहज भए तापनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको उनीहरूले गुनासो गरे। पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिनुभएको छ ।

    होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार (रेस्क्यु) गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उहाँले कडा निर्देशन दिनुभयो । गृहमन्त्री आफैं भेट्न आएपछि पीडित सुकुम्बासी परिवारमा नयाँ आशा जागेको छ । अब गृहमन्त्री गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ