Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत


ग्लोबल पाना
शुक्रबार, जेठ २९ २०८३
  • 193
    SHARES

  • images
    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    काठमाडौं । नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यलाई शुक्रबार स्वागत गरेको छ । त्रिपुरेश्वरस्थित खेलाडी संघको कार्यालयमा संयुक्त आयोजित कार्यक्रममा ओलम्पियन एसोसिएसन र खेलाडी संघले पदाधिकारीलाई स्वागत गरेको हो ।

    images
    images
    images

    राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा राखेपका सदस्य सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

    ओलम्पियन एसोसिएसन र खेलाडी संघले आ–आफ्नोतर्फबाट मायाको चिनो पनि प्रदान गरेका थिए । उनीहरुसंगै बोर्ड सदस्यमा नियुक्त मोनालिशा खम्बू भने रोहिंग्या शरणार्थी समुदायलाई चेस प्रशिक्षाण दिनका लागि विहीबार बंगलादेश प्रस्थान गरेकाले कार्यक्रममा उपस्थित थिइनन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ