काठमाडौँ । बागमती प्रदेश सरकारको आयोजना तथा स्पेशल ओलम्पिक्स नेपालको सह–आयोजनामा उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता आयोजना हुने भएको छ । बालुवाटारस्थित दी भ्यु ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी २०८३ जेठ ३० गते हुने जानकारी दिइएको हो । प्रतियोगितामा दौड, सटपुट थ्रो र लङ जम्पलगायतका खेल समावेश गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बौद्धिक अपाङ्गता भएका खेलाडीहरूको प्रतिभा उजागर गर्दै समावेशिता, समानता, सम्मान र क्षमता विकासमा जोड दिइने बताइएको छ । स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले यस्ता प्रतियोगिताले खेलाडीहरूको आत्मविश्वास बढाउनुका साथै समाजमा समान अवसर र सम्मान प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै महासचिव सीमा राईले विशेष ओलम्पिक्स बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो ।
संस्थाका उपाध्यक्ष डा. लाक्पा शेर्पाले विशेष ओलम्पिक्सले शारीरिक तथा मानसिक विकाससँगै आत्मविश्वास, अनुशासन र सामाजिक सहभागिता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
संस्थाले अपाङ्गता भएका व्यक्तिहरू पनि सक्षम हुन्छन् भन्ने सन्देशलाई आत्मसात गर्दै उनीहरूको क्षमता उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता गतिविधिमार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै उनीहरूलाई समाजमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्ने छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


