काठमाडौं । वर्षायाममा बाढी, डुबान, पहिरो लगायतका प्राकृतिक विपद्का घटनाहरू बढ्दै जाने तथा समुदायस्तरमा जोखिम न्यूनीकरण र उद्धार क्षमताको विकास गर्ने उद्देश्यले वृक्ष नेपालद्वारा आयोजित पाँच दिने विपद् व्यवस्थापन तथा स्वयंसेवक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कीर्तिपुर नगरपालिकाको र MIMAYUDA को सहयोग, काठमाडौं महानगरपालिका वडा नं. १४ को समन्वय तथा वृक्ष नेपालको आयोजनामा सञ्चालन गरिएको थियो ।
तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद् पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा अपनाउनुपर्ने सावधानी र समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । तालिम समापन समारोहका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) ले विपद्को समयमा प्रशिक्षित स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै यस्ता तालिमले समुदायलाई सुरक्षित र सक्षम बनाउन ठूलो योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
वृक्ष नेपालका प्रतिनिधिहरूले वर्षायाममा काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा बाढी, डुबान र अन्य विपद्का जोखिम बढ्ने भएकाले समुदायस्तरमै दक्ष स्वयंसेवक तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले आफ्नो समुदायमा विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रम सहभागी, आयोजक तथा सरोकारवालाहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


