काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित India–Nepal Economic Cooperation Forum 2026 मा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले व्यापार, लगानी र पर्यटन क्षेत्रको सहकार्य विस्तारमा विशेष जोड दिएका छन् ।
फोरममा नेपाल र भारतका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको साझेदारी विस्तारका विषयमा व्यापक छलफल भएको थियो । अध्यक्ष पोखरेलले नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन व्यापारिक अवसरहरूको विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा पर्यटन प्रवर्द्धनका लागि दुवै देशले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सीमापार व्यापारलाई सहज बनाउन, पूर्वाधार विकासमा सहकार्य बढाउन तथा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
पोखरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यस्ता अन्तर्राष्ट्रिय फोरमहरू प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रबीचको सहकार्य सुदृढ हुँदै गएमा दुवै देशको आर्थिक विकास र समृद्धिमा थप योगदान पुग्ने बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


