Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दोस्रो शाखाको रूपमा ललितपुरमा खुल्यो गुणस्तरीय सौन्दर्य सामाग्रीहरू सहितको “द बडी सप”


बिहीबार , असार ४ २०८३
  • 262
    SHARES

  • images
    दोस्रो शाखाको रूपमा ललितपुरमा खुल्यो गुणस्तरीय सौन्दर्य सामाग्रीहरू सहितको “द बडी सप”

    ललितपुर । गुणस्तरीय सौन्दर्य सामाग्रीहरू सहितको “द बडी सप” को दोस्रो शाखा ललितपुरको लबिम मलमा सञ्चालन गरिएको छ । क्रुएल्टी–फ्री सौन्दर्य तथा दिगो व्यावसायिक अभ्यासका लागि विश्वभर परिचित ब्रान्ड “द बडी सप” ले ललितपुरको पुलचोकस्थित लबिम मलमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित कार्यक्रममा उक्त “द बडी सप” को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका लागि बेलायती राजदूत रोव फेनले रिबन काटेर गर्नु भएको हो ।

    images
    images
    images

    यस “द बडी सप” उद्घाटनका क्रममा उहाँले प्राकृतिक सौन्दर्य, यहाँको संरक्षित जनावर बाघ लगायत सगरमाथाको देशका रूपमा चर्चित मुलुक नेपालमा “द बडी सप” का कारण जनावर र प्रकृतिको संरक्षणका लागि आफू पनि ऐक्यबद्धता रहेको बताउनु भयो । “द बडी सप” का साझेदारका रूपमा आबद्ध गेट पेपर इन्डष्ट्रीजका मिलनदेव भट्टराईले विगत ३७ वर्षदेखिको साझेदारीका रूपमा काम गर्दै आएको बताउँदै “द बडी सप” का सामग्रीहरू प्याकिङ गर्ने कागजका बट्टाहरू नेपालबाट निर्यात भइरहेको जानकारी दिनुभयो ।

    त्यसै गरी “द बडी सप” का प्रबन्ध निर्देशक सरु अर्याल / प्रधानले सन् २०२१ मा दरबारमार्गमा “द बडी सप” को स्थापना गरिएको भन्दै यसैको अनुभवले नेपालमा गुणस्तरीय सौन्दर्य सामग्रीको खोजी गर्ने उपभोक्ता बढिरहेको जानकारी पाएपछि त्यसको दोस्रो शाखाको रूपमा लबिम मलमा खोलिएको बताउनुभयो । साथै उहाँले बडी सपमा पाइने सामग्रीहरू विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादित फलफूलबाट बनेको हुनाले शरीरका छाला कपालमा लगाउँदा निक्कै राम्रो परिणाम दिने, एक पटक द बडि सपका सामग्री उपभोग गरेका स्वदेशी तथा विदेशी उपभोक्ताको रोजाइमा परेर उपभोक्ताहरू खोजी/खोजी आउने गरेको अनुभव बताउनु भयो ।

    यसै क्रममा उहाँले “द बडी सप” का सामग्रीहरू प्रयोग गर्दा विश्वका विपन्न वर्गका महिलाहरूले कामको मूल्य पाउने, कपाल, छालाको स्वास्थ्य राम्रो हुने, जनावर, जलवायु र पर्यावरणको रक्षा हुने लगायतका धेरै फाइदा हुने भएकोले प्रचार सामग्री हेरेर होइन, यहाँका सामग्री प्रयोग गरेर अनुभव बटुल्न आग्रह गर्नुभयो । साथै उहाँले लण्डमा स्थापित सौन्दर्य सामग्रीको यस ब्रान्डले व्यापार, व्यवसाय मात्र होइन, अर्ग्यानिक उत्पादनमा आधारित सौन्दर्य सामग्री बनाउने हुनाले विश्वका ग्रामीण क्षेत्रका न्यून आय भएका महिलालाई अर्ग्यानिक बस्तु उत्पादनमा प्रोत्साहन गर्नुका साथै रोजगारीमा महिलालाई प्राथमिकता दिँदै र यस धर्तीमा आएका सबै प्राणीको बाँच्ने अधिकारको रक्षाको साथै पर्यावरणको प्रवर्द्धनमा सहयोग गर्दै यस व्यवसाय मानव हितसँग पनि जोडिएको कुरामा जोड दिनु भयो ।

    “द बडी सप” का साझेदारका रूपमा आबद्ध गेट पेपर इन्डष्ट्रीजका मिलनदेव भट्टराईले “द बडी सप” का सबै सामग्रीहरू प्याकिङ गर्ने कागजका बट्टाहरू नेपालबाट निर्यात भइरहेको र विगत ३७ वर्षदेखिको साझेदारी कायम रहेको जानकारी दिनुभयो । सन् १९७६ मा बेलायतमा स्थापना भएको “द बडी सप” विश्वभर क्रुएल्टी–फ्री सौन्दर्य अभियान, कम्युनिटी ट्रेड साझेदारी तथा वातावरणमैत्री व्यावसायिक मूल्यका लागि परिचित छ। पशु परीक्षण विरुद्धको स्पष्ट अडान र नैतिक स्रोतबाट प्राप्त सामग्रीको प्रयोगले द बडी सपलाई विश्वव्यापी रूपमा जिम्मेवार सौन्दर्य ब्रान्डका रूपमा स्थापित गरेको छ ।

    सो “द बडी सप” उद्घाटनका क्रममा कम्पनीले व्यापार विस्तारसँगै महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण तथा दिगो व्यावसायिक अभ्यासलाई समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ । नयाँ स्टोर मार्फत ग्राहकले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय स्किन केयर, बडी केयर, हेय केयर सम्बन्धी उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ