Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित


ग्लोबल पाना
बिहीबार , असार ४ २०८३
  • 253
    SHARES

  • images
    सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित

    काठमाडौं । सोफा हब नेपालका प्रबन्ध निर्देशक तारा लाल धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपद्वारा ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा बिहीबार काठमाडौंस्थित Radisson Hotel Kathmandu मा आयोजित १८औँ ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड–२०२६’ समारोहमा धरेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    images
    images
    images

    नेपालको फर्निचर उद्योगको विकास, गुणस्तरीय उत्पादन तथा ग्राहकमैत्री सेवामार्फत उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । धरेलको नेतृत्वमा सोफा हब नेपालले नेपाली फर्निचर बजारमा आधुनिक डिजाइन, गुणस्तरीय उत्पादन तथा उपभोक्ताको विश्वास जित्दै आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको छ । फर्निचर क्षेत्रमा निरन्तर नवप्रवर्तन र व्यावसायिक विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    समारोहमा उद्योग, बैंकिङ, बीमा, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। कार्यक्रममा उद्योगी–व्यवसायी, सांसद, अर्थशास्त्री तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । उक्त अवार्डले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नुका साथै सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ