Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर


ग्लोबल पाना
शनिबार, असार ६ २०८३
  • 489
    SHARES

  • images
    सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर

    काठमाडौं । नेपालकै अग्रणी फर्निचर ब्रान्ड सोफा हब काठमाडौंले देशव्यापी भिडियो निर्माण प्रतियोगिताको घोषणा गर्दै सिर्जनशील युवा, कन्टेन्ट क्रिएटर तथा भिडियो मेकरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । प्रतियोगितामा उत्कृष्ट तीन जनाले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेलले प्रतियोगिताले नेपाली युवाको सिर्जनशील क्षमतालाई उजागर गर्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रबन्ध निर्देशक तारालाल धरेलले भने, "नेपालमा प्रतिभाशाली कन्टेन्ट क्रिएटर र भिडियो मेकरहरूको संख्या उल्लेख्य छ ।

    images
    images
    images

    उहाँहरूको सिर्जनशीलतालाई प्रोत्साहन गर्दै नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ । यसले युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने मात्र नभई स्वदेशी उद्योग र उत्पादनप्रति आम उपभोक्ताको विश्वास अझ मजबुत बनाउन सहयोग पुग्नेछ । हामी सबैलाई नेपाली उत्पादनको प्रयोग गरी नेपाली सिप, श्रम र उद्यमलाई सम्मान गर्न आग्रह गर्दछौँ ।"

    उनका अनुसार प्रतियोगितामा सहभागीहरूले सोफा हबको ब्रान्ड, उत्पादनको गुणस्तर, ग्राहक अनुभव, शोरूम सेवा तथा ‘Sofa Hub Monsoon Mega Sale Offer’लाई समेटेर सिर्जनात्मक भिडियो निर्माण गर्न सक्नेछन्। भिडियो बुझाउने अन्तिम मिति असार ३० गते तोकिएको छ भने विजेताको घोषणा साउन १ गते गरिनेछ ।

    प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८६२१३२९३२ नम्बरमा व्हाट्सएपमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । साथै, ‘Sofa Hub Monsoon Mega Sale Offer’ अन्तर्गत उच्च गुणस्तरका सोफा तथा फर्निचर खरिद गर्न इच्छुक ग्राहकले ९८५११५२५८९ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ