Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल


ग्लोबल पाना
शनिबार, असार ६ २०८३
  • 171
    SHARES

  • images
    बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल

    काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ कार्यालयको आयोजनामा बालश्रम तथा बाल यौन दुव्र्यवहार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार हाँडीगाउँस्थित वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा बालश्रम तथा बाल यौन दुव्र्यवहारका कारण, प्रभाव तथा न्यूनीकरणका उपायबारे सहभागीलाई जानकारी गराइएको थियो ।

    images
    images
    images

    कार्यक्रममा बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालशोषणविरुद्ध सामुदायिक सचेतना अभिवृद्धिमा जोड दिइएको थियो । टोखा नगरपालिका–६ की वडा अध्यक्ष शान्ता पौडेलले बालश्रम तथा बाल यौन दुव्र्यवहार अन्त्यका लागि समुदायस्तरबाटै सचेतना र सक्रियता आवश्यक रहेको बताइन् । 

    वडा अध्यक्षले यस्ता सामाजिक विकृतिविरुद्ध वडा कार्यालयले निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरिन् । उनका अनुसार बालमैत्री समाज निर्माणका लागि अभिभावक, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक छ । उनले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा र शोषणविरुद्ध सामूहिक रूपमा एकजुट हुन आग्रह गरिन् ।

    कार्यक्रममा सहभागीहरूलाई बालश्रम तथा बाल यौन दुव्र्यवहारसँग सम्बन्धित जोखिम, कानुनी प्रावधान र रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ