Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै ५ मन्त्रालय मन्त्री विहीन


ग्लोबल पाना
सोमबार, माघ २३ २०७९
  • 279
    SHARES

  • images
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै ५ मन्त्रालय मन्त्री विहीन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।

    images
    images
    images

    रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।

    जसअनुसार रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बाहिरिएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिएकी छन् ।

    उनीहरुले आइतबार साँझ प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेका छन् । यसअघि प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो ।

    जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ