Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ज्येष्ठ नागरिकको योगदान पुस्तान्तरण गर्ने संस्कृतिको विकास गराउन चाहेका छौँ : वडाध्यक्ष, कार्की


ग्लोबल पाना
सोमबार, असार ८ २०८३
  • 182
    SHARES

  • images
    ज्येष्ठ नागरिकको योगदान पुस्तान्तरण गर्ने संस्कृतिको विकास गराउन चाहेका छौँ : वडाध्यक्ष, कार्की

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३० ले १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उहाँहरुले उर्वर समयमा समाजका लागि दिनुभएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिकमध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनालाई गराइएको थियो । ‘समाजमा ज्येष्ठ नागरिकहरु एक्लो हुन थाल्नुभएको छ ।

    images
    images
    images

    परिवारका सदस्यहरुलाई ज्येष्ठ नागरिकसँग कुरा गर्ने, मनका कुरा सुन्ने फुर्सद छैन । यस बेला उहाँहरुलाई तपाईँहरु एक्लो हुनुहुन्न । तपाईँका बारेका सोच्ने कोही छन् भनेर अनुभूति दिनुछ । यसका लागि सम्मान कार्यक्रम गरिएको हो ।’ सम्मान अवसरमा वडाध्यक्ष दलबहादुर कार्कीले भन्नुभयो, ‘ज्येष्ठ नागरिक समाजका धरातल हुन् । उनीहरुको योगदानको अर्थ बुझ्न सकिएन निर्जीव रुपान्तरण हुन्छ । यसलाई सजीव बनाउन हामीले प्रयास थालेका हौँ ।’ वडाको कार्यक्रमले ज्येष्ठ नागरिकलाई घर बाहिर आउन, आफूजस्तै अरु पनि रहेछन् भन्न बल पुगेको छ ।

    कार्यक्रमका अध्यक्ष प्रा. डा. तिमिल्सिनाले भन्नुभयो, ‘वास्तविक विकास त यही हो । जहाँ नागरिकले सरकार सुन्न, छाम्न र महसुस गर्न सक्छन् ।’ वडा सचिव देवराज जोशीका अनुसार १०६ जना महिला र ९२ जना पुरुष गरी १९८ जनालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमध्ये सबैभन्दा पाको उमेरको ९४ बर्षिया लक्ष्मी कपाली हुनुहुन्थ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ