Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल माछामासु व्यवसायी संघको अध्यक्षमा चैत्य प्रसाद शाही निर्वाचित, व्यवसायी एकताको सन्देश


ग्लोबल पाना
बिहीबार , असार ११ २०८३
  • 448
    SHARES

  • images
    नेपाल माछामासु व्यवसायी संघको अध्यक्षमा चैत्य प्रसाद शाही निर्वाचित, व्यवसायी एकताको सन्देश

    ललितपुर । नेपाल माछामासु व्यवसायी संघको पाँचौं केन्द्रीय अधिवेशनबाट चैत्य प्रसाद शाही नयाँ केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुरको बालकुमारीमा सम्पन्न अधिवेशनमा देशभरका व्यवसायी, सामाजिक अभियन्ता, उपभोक्ता अधिकारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश खड्गीले आफ्नो कार्यकालभरि संस्थाको हित, व्यवसायीहरूको हकअधिकार र संगठनको सुदृढीकरणका लागि निस्वार्थ भावनाले काम गरेको उल्लेख गर्दै आगामी नेतृत्वलाई संस्थालाई थप उचाइमा पुर्‍याउन शुभकामना व्यक्त गरे ।

    नेपाल ब्राखा पालन संघका उपाध्यक्ष कृष्ण प्रसाद सेढाईले व्यवसायीहरूको साझा हकहित संरक्षण र क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय स्तरमा सबै व्यवसायी संघ–संस्था एकताबद्ध हुन आवश्यक रहेको बताए । नेपाल राष्ट्रिय खड्गी समाजका केन्द्रीय अध्यक्ष नन्द किशोर शाहीले “एकता बिना हामी अघि बढ्न सक्दैनौं” भन्दै समाज, व्यवसाय र समुदायको विकासका लागि सबै पक्षबीच बलियो एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

    संस्थापक अध्यक्ष अर्जुन शाहीले संस्थाको स्थापना व्यवसायीहरूको हकहित संरक्षण र व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले गरिएको स्मरण गर्दै संस्था व्यक्तिभन्दा ठूलो भएकाले सबै मिलेर यसको गरिमा र उद्देश्यलाई जोगाउनुपर्ने बताए ।

    कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले माछामासु क्षेत्रको विकासका लागि सरकारले व्यवस्थित तथा आधुनिक मुख्य बजार उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले उत्पादक, व्यवसायी र उपभोक्ताको हितका लागि प्रभावकारी बजार व्यवस्थापन आवश्यक रहेको बताइन् ।

    त्यसैगरी विजय खड्गीले समृद्ध र सशक्त नेवा समाज निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे भने सुशील शाहीले नेवार समुदायको योगदान देश निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गर्दै शाही समाज र नेवार समाजलाई थप संगठित र सशक्त बनाउन आफू लागिरहेको बताए ।

    वीर गोर्खाली मिडियाका मनोज सापकोटाले समाज र व्यवसायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक परिवर्तनका लागि सञ्चार, समाज र नेतृत्वबीच सहकार्य आवश्यक रहेको बताए ।

    नवनिर्वाचित अध्यक्ष चैत्य प्रसाद शाहीले व्यवसायीहरूको हकहित, पशुप्रति मानवीय व्यवहार, उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित माछामासु उपलब्ध गराउने अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायीहरूको एकता, व्यवसायको आधुनिकीकरण तथा सरकारी निकायसँग समन्वय गरी क्षेत्रका समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने बताए। अधिवेशनले व्यवसायीहरूबीचको एकता, सहकार्य र संगठनलाई थप सुदृढ बनाउँदै माछामासु व्यवसायलाई मर्यादित, व्यवस्थित र दिगो बनाउने साझा प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ