Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन: सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ


ग्लोबल पाना
आइतबार, असार १४ २०८३
  • 257
    SHARES

  • images
    निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन:  सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन्। काठमाडौंको सितापाइलामा फेसियल हाउसको १२औँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे। उनले फेसियल हाउसले दुई सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान भएको बताए।

    images
    images
    images

    "रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। फेसियल हाउसले सयौँ युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्‍याएको छ," उनले भने। श्रेष्ठले सेवा क्षेत्रका यस्ता सफल नेपाली उद्यमहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्नुका साथै युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। उनले फेसियल हाउसलाई आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना पनि दिए। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको बताइन्। सञ्चार उद्यमी तथा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले निरन्तर मेहनतले फेसियल हाउसलाई आजको सफल स्थानमा पुर्‍याएको उल्लेख गर्दै महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उदाहरण बनेको बताइन्।

    शाखा विस्तारबारे बोल्दै फेसियल हाउसकी संस्थापक सुश्मा महराले १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको बताईन । "काठमाडौं र चितवनमा 'फेसियल एकेडेमी' सञ्चालन गर्दै सौन्दर्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनसमेत गर्दै आएका छौँ" उनले भनिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ