Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने


ग्लोबल पाना
आइतबार, असार १४ २०८३
  • 207
    SHARES

  • images
    मन्त्री  चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमाआयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन् । मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्ममा थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन । मन्त्री चौधरी जुन 29 _ 30 मा हुने High Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development मा सहभागी हुने छिन ।

    images
    images
    images

    उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ। यस्तै 1–3 July 2026 मा थाइल्याण्डको बैंककमा आयोजना हुने Ninth Session of the Committee on Environment and Development at the Ministerial Level कार्यक्रमहरूमा सहभागिता हुने छिन ।

    उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका साझा चुनौती तथा समाधानका विषयमा नेपालको प्रतिनिधित्व चौधरीले गर्ने छिन । उक्त सम्मेलनहरूमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास , दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे धारणा मन्त्री चौधरीले बताएकी छिन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ