काठमाडौं । टोखा नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ उत्साहका साथ मनाइएको छ । महोत्सवमा नगरका जनप्रतिनिधि, किसान, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
खेतमै धान रोप्दै, हिलोमा रमाउँदै र असारे गीत गाउँदै सहभागीहरूले नेपाली कृषि संस्कृति र परम्पराको जीवन्त झल्को प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीयले किसानसँगै खेतमा उत्रिएर धान रोपे, नाचे र कृषि पेशाप्रति सम्मान व्यक्त गरे । स्थानीय बुबाआमा, युवा तथा महिलाको उत्साहपूर्ण सहभागिताले महोत्सवलाई अझ आकर्षक बनाएको थियो ।
राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, बाँझो जमिनको सदुपयोग, किसानको सम्मान तथा खाद्य आत्मनिर्भरताको सन्देश प्रवाह गर्ने छ ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


