काठमाडौं । टर्कीमा गएको शक्तिशाली भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । आज बिहान गएको ७ दशमलव ८ म्यानेच्युटको भूकम्पमा परि अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा ९० जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको जनाइएको छ ।
सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले उल्लेख गरेको छ । भूकम्पका परी ४२ जना घाइते भएका छन् । १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


