Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकद्वारा CSR कार्यक्रमअन्तर्गत दुई सेवामूलक संस्थालाई सहयोग


ग्लोबल पाना
आइतबार, असार २१ २०८३
  • 211
    SHARES

  • images
    कृषि विकास बैंकद्वारा CSR कार्यक्रमअन्तर्गत दुई सेवामूलक संस्थालाई सहयोग

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत दुई वटा सेवामूलक संस्थालाई आर्थिक तथा सामग्री सहयोग प्रदान गरेको छ । शनिबार प्रदान गरिएको सहयोगअन्तर्गत तनहुँको देवघाटस्थित श्रीकृष्ण प्रणामी मन्दिर कृपाधाम मा शुद्ध पिउने पानीको व्यवस्था गर्न डिप बोरिङ निर्माणका लागि सहयोग गरिएको छ । त्यसैगरी, नवलपुरको देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय लाई फिजियोथेरापी सेवा विस्तारका लागि आवश्यक उपकरण उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    images
    images
    images

    सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक संजीव पौडेलको रोहबरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्बन्धित संस्थाका प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेश कार्यालय, चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल, सन्देश दुङ्गेललगायत बैंकका अधिकारी तथा दुवै संस्थाका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ