Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पल शाहलाई झिकाउन उच्च अदालत पोखराले दियो आदेश


ग्लोबल पाना
सोमबार, माघ २३ २०७९
  • 233
    SHARES

  • images
    पल शाहलाई झिकाउन उच्च अदालत पोखराले दियो आदेश

    काठमाडौं । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी परि जिल्ला प्रहरी कार्यालय तनहुँको कारागारमा रहेका अभिनेता पूर्ण विक्रम उर्फ पल शाहलाई झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ । सोमबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको हो ।

    images
    images
    images

    शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक नाबालिका गायिकाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । त्यसै जाहेरीका आधारमा शाहले फागुन १५ गते आफैं गएर आत्मसमर्पण गरेका थिए । सोही दिन उनी विरुद्ध नवलपुर जिल्ला अदालतमा पनि जाहेरी परेको थियो । पछि उनी र उनका बाबुलेसमेत जबरजस्ती करणी गरेको नभइ कसैको उक्साहटमा लागेर जाहेरी दिएको भन्दै बयान फेरेका थिए ।

    उनीहरुले बयान फेरेपछि भदौ २० गते अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले उनलाई बलात्कार मुद्धामा सफाइ दिइ बाल यौन दुर्व्यवहार गरेको ठहर गरी २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना हुने फैसला गरेको थियो भने पीडित बालिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

    त्यसैगरी तनहुँ जिल्ला अदालतले माघ ३ गते सफाइ दिएको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । त्यसपछि पनि नवलपुर जिल्ला अदालतको आदेशले उनी जेलमै रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ