Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ऊर्जाशील नेतृत्वको उदाहरण: वडा अध्यक्ष शान्ता पौडेलसँगै सरसफाइमा जुट्यो टोखा–६


ग्लोबल पाना
शनिबार, असार २७ २०८३
  • 224
    SHARES

  • images
    ऊर्जाशील नेतृत्वको उदाहरण: वडा अध्यक्ष शान्ता पौडेलसँगै सरसफाइमा जुट्यो टोखा–६

    काठमाडौं । टोखा नगरपालिकाले प्रत्येक शनिबार सञ्चालन गर्दै आएको नियमित नदी सरसफाइ अभियानको १०५औँ हप्ता आज टोखा नगरपालिका–६, हात्तीचोक क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ । वडा नं. ६ की वडा अध्यक्ष शान्ता पौडेलको सक्रिय नेतृत्वमा सम्पन्न अभियानमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्वास्थ्य सेवा प्रमुख सुनिता परियार, सुरक्षाकर्मी, महिला स्वयंसेविका, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

    images
    images
    images

    टोखा नगरपालिका–६ सरसफाइका दृष्टिले नगरकै उत्कृष्ट र नमुना वडाका रूपमा परिचित छ । यहाँका स्थानीयवासी, आमा समूह, युवा क्लब तथा सामाजिक संघसंस्थाले सरसफाइलाई आफ्नो दैनिकी र सामाजिक दायित्वका रूपमा आत्मसात् गर्दै निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यही सामूहिक प्रयासले वडा नं. ६ लाई सफा, स्वच्छ र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

    वडा अध्यक्ष शान्ता पौडेल आफ्नो ऊर्जाशील, सक्रिय र जनमुखी नेतृत्वका कारण स्थानीयबीच परिचित हुनुहुन्छ । उहाँको पहलमा सरसफाइ, वातावरण संरक्षण तथा समुदायको सहभागिता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । उहाँले स्वच्छ वातावरण निर्माणमा सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि अभियानलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

    टोखा नगरपालिकाले नदी संरक्षण, वातावरणीय सन्तुलन र स्वच्छ नगर निर्माण गर्ने उद्देश्यका साथ प्रत्येक शनिबार नियमित रूपमा नदी सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । यस अभियानले स्थानीय समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै सामूहिक उत्तरदायित्वको भावना समेत विकास गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ