काठमाडौँ । लैङ्गिक हिंसामा परेका महिला र बालबालिकाका लागि काम गर्ने साथी संस्थाले असार २९ गते शनिबार आफ्नो बाल संरक्षण कार्यक्रम "साथी चिल्ड्रेन" को २५ औँ स्थापना दिवस सांस्कृतिक कार्यक्रम सहित मनाएको छ । साथी चिल्ड्रेनका कार्यक्रम संयोजक अन्जु सिंहले यहाँ बालबालिकाले एसइइ, प्लस टु हुँदै स्नातकसम्म पढ्ने अवसर पाउँने, प्लम्बिङ, सिलाई, कम्प्युटर, होटेल म्यानेजमेन्ट जस्ता सिपमुलक तालिम पनि दिइने र आफ्नै खुट्टामा उभिएर आफ्नो व्यवस्था गर्न सक्ने नभए सम्म यहाँ नै बस्न सक्ने बताउनु भयो ।
सन् १९९२ मा साथी संस्थाले हिंसामा परेका महिलाका लागि पहिलो आश्रय स्थल सञ्चालन गरेको थियो । महिलासँग उनका बालबच्चा पनि पीडित भएर आउन थालेपछि सन् २००१ देखि "साथी चिल्ड्रेन" कार्यक्रम सुरु गरिएको हो। अहिले साथीले काठमाडौं, नेपालगन्ज, बारा र कञ्चनपुरमा बालक र बालिकाका लागि छुट्टाछुट्टै आवासीय सुविधा सञ्चालन गरिरहेको छ। हाल २०० भन्दा बढी बालक, बालिका र किशोर किशोरी यहाँ बस्दै पढ्दैछन् । २५ वर्षको अवधिमा करिब ४० भन्दा बढी बालबालिकाले यहाँबाट शिक्षा र सिप लिएर बाहिर निस्किसकेका छन् ।
कार्यक्रममा उक्त संस्थाबाट सेवा सुविधा प्राप्त गर्नु भएको राजन गहतराजले साथीले नपढाएको भए, सिप नदिएको भए म आज परिवार सहित घर बनाएर बस्न सक्ने अवस्था नहुने बताउनु भयो । त्यसै गरि विनिता सुचिकार, सोनिया श्रेष्ठ र अनिलकुमार सार्कीले पनि साथीकै कारण आपुले उच्च शिक्षा हासिल गर्न सकेको बताउनु भयो ।
साथी संस्थाको यो सफलतामा फ्रान्सका फर्मासिस्ट Jean-Michel Peny को निरन्तर सहयोगका कारण आफूले स्थापना गरेको "स्मार्ट फर्मा" कम्पनीको मुनाफा, आफ्नो परिवार र कम्पनीका कर्मचारीबाट संकलन भएको रकम प्रत्येक वर्ष साथीलाई पठाउँदै आएका लामो समय र आर्थिक निरन्तरताले मात्र उनीहरूलाई गन्तव्यमा पुर्याउन सकिन्छ। मैले एकपटक हात समातेपछि बीचमा छोड्न मिल्दैन," Peny ले भन्नु भयो "उच्च शिक्षा र सिप सिकेर सक्षम नागरिक नबनुन्जेल मेरो सहयोग जारी रहन्छ ।"
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो । त्यसै गरी साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले हिंसामा परेका महिला, आमाबुवा नभएका, सडक बालबालिका र आमासँग मात्र आश्रित बालबालिकालाई सेवा दिनु संस्थाको मुख्य लक्ष्य रहेको जानकारी गराउनु भयो ।
साथी संस्थाको २५ औँ बालबालिकाहरूले गीत, नृत्य र सांगीतिक प्रस्तुति गरेका थिए । यसै वार्षिकोत्सवको अवसरमा कार्यक्रममा बालबालिकाको २५ वर्षे गतिविधि समेटिएको फोटो पुस्तक पनि लोकार्पण गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


